२० बैशाख २०८१, बिहिबार

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: मृतक तीनै जनाकाे सनाखत

प्रकाशित मिति :  19 April, 2024 11:02 am


काठमाडौँ । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको सनाखत भएको छ।

शुक्रबार दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको बस दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृतक तीनै जना दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ का छन्।

मृतक १९ वर्षीय दिपेन्द्र थामी, १८ वर्षीय शिव श्रेष्ठ र ७० वर्षीय मानबहादुर थामी छन्। मृतक तीनै जनाको शव पोष्टमर्टमको लागि दोलखास्थित जिल्ला अस्पताल लग्ने तयारी गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !