३ जेष्ठ २०८३, आइतबार

नेपाल पौडी संघको अध्यक्षमा श्रेष्ठ

प्रकाशित मिति :  21 April, 2024 3:48 pm


काठमाडौँ । नेपाल पौडी संघको पाँचौँ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।

हिजाे (शनिबार) भएको अधिवेशनले संघको अध्यक्षमा श्रेष्ठसँगै वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई, उपाध्यक्षमा क्रमशः जुनाकुमारी कडायत, चित्रराज भट्ट, उमेश प्रधान निर्वाचित भए ।

त्यस्तै महासचिवमा ईश्वर कार्की, सचिवमा क्रमशः रञ्जन भट्टराई, गङ्गालाल गोले निर्वाचित भए भने कोषाध्यक्षमा दिलीप वैद्य, सहकोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यमा दीपकसागर सिंह, विकास शर्मा, कुमार गिरी, गंगालाल सिंगार, डम्बरबहादुर तामाङ, भरत तामाङ, विष्णुप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रुपेशमान सिंह, हरेन्द्र यादव, अनिश महर्जन तथा शिरिष गरूङ निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !