४ जेष्ठ २०८१, शुक्रबार

नेपाल र वेस्ट इन्डिजबिच मैत्रीपूर्ण चौथो खेल आज खेलिँदै

प्रकाशित मिति :  2 May, 2024 8:17 am


काठमाडौँ। नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट आज कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने भएको छ ।

बिहीवार अपराह्न १२ः१५ बजे खेल सुरु हुनेछ । टी–२० खेलको शृङ्खला खेल्न हाल वेस्ट इन्डिजको ‘ए’ टोली नेपालमा छ । कुल पाँच खेल दुई देशबिच खेल्ने तालिका छ ।

जारी शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अगाडि छ । पहिलो खेल नेपालले जितिसकेको छ भने दोस्रो र तेस्रो शृङ्खला वेस्ट इन्डिजले जितेको छ ।

आउँदो जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका नेपाल पनि छ । यसै क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो मैत्रीपूर्ण अभ्यास खेल खेलिएको हो ।



प्रतिक्रिया दिनुहोस !