२० बैशाख २०८१, बिहिबार

कालापानी क्षेत्रमा सेनालाई सडक बनाउन जिम्मा दिईएको थियो, अगाडी किन बढेन ? : नेता रावल

प्रकाशित मिति :  12 May, 2020 12:39 pm


काठमाण्डौं, ३० वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का सांसद् भिम रावलले राष्ट्रिय सुरक्षामा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

आर्थिक बर्ष २०७७/७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतमाथीको छलफलमा भाग लिँद नेता रावतलले राष्ट्रिय सुरक्षालाई प्राथमिकतमा राख्नुपर्नेमा जोड दिए ।

भारतले लिम्पियाधुरा,लिपुलेक,कालापानी लगायतका क्षेत्रमा सिमा मिचेको भन्दै सिमा सुरक्षालाई प्राथमिकता दिन नेता रावलले सुझाव दिए । उनले भने,‘नेपालको लिम्पियाधुरा, लिपुलेक कालापानी लगायत क्षेत्रमा भारतले अतिक्रमण गरेको छ । र, यस अतिक्रमणको सम्बन्धमा यस सम्मानित सदनमा र संसदका विभिन्न समितिहरुबाट पटक पटक नेपाल सरकारको ध्यान आर्कषित गराईएको थियो । र, ति क्षेत्रको सुरक्षाका लागि आवाज बुलन्द गरिएको थियो । तर, अहिलेसम्म त्यसमा कुनै सार्थक पाईला चालिएको छैन । देश सुरक्षित नभई , जनता सुरक्षित नभई , त्यहाँको विकासका गतिविधिहरु सार्थक रुपमा अगाडी बढ्न सक्दैनन् । त्यसकारण राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राख्नुपर्छ ।’

नेता रावलले देशको सीमाना सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी खटाउने र ति सुरक्षाकर्मीहरुका लागि बस्ने बस्ने संरचना, लुगाकपडा,उपकरणहरुको उचित प्रवन्ध गर्नुपर्नेमा जोड दिए ।

उनले भने,‘अहिले हामी सुनिरहेका छौं कि सीमानाहरुमा कोरोनाको संक्रमण रोक्नका लागि भारतबाट आउने मानिसकहरुको आवगमन नियन्त्रण गर्नका लागि खटाईएका सुरक्षाकर्मीहरु समेत विचल्लिमा हुने स्थिति छ ।’

अहिले मिचिएको लिम्पियाधुरा कालापानी क्षेत्रमा बाटो खन्न नेपाली सेनालाई जिम्मा दिईएपनि अगाडि बढ्न नसकेको स्मरण गराए । उनले भने,‘ अहिले जहाँ हाम्रो क्षेत्र मिचिएको छ त्यहाँपनि धेरै समय अगाडी नेपाली सेनालाई सडक निर्माण गर्नुपर्ने कुराको बोध भएर जिम्मा दिईएको थियो भन्ने कुरा हामीले जानेका बुझेका हौं । तर अहिलेसम्म अहिले कुनै काम भएन ?’

पञ्चायतकालमा समेत भारतसँग सीतापुल भन्ने ठाँउमा भारतसँगको भन्सार र टिंकर भन्ने ठाँउमा चीनसँगको भन्सार सञ्चालित भएको स्मरण गराउँदै दुईतिहाई शक्तिशाली सरकारले पाईला चाल्न केलो रोक्छ भन्दै प्रश्न गरे । उनले कृषिलाई प्राथमितका दिन सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस !