६ जेष्ठ २०८१, आइतबार

यस्तो छ मातातिर्थमा एनसेलले सार्वजनिक गरेको आमाहरुप्रति समर्पित भिडियो

प्रकाशित मिति :  8 May, 2024 10:39 am


काठमाडौँ । आज आमाको मुख हेर्ने दिन अर्थात मातातिर्थ औँसी । आफुलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद ग्रहण गर्दै यो पर्व मनाइन्छ ।

आफ्ना सन्तानलाई जस्तो सुकै परिस्थितीमा पनि सधैं मायाको बन्धनले बाँधि राख्ने आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिने हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यो दिनलाई मातृऔंसी एवं मातृ दिवस पनि भनिन्छ ।

प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने यस पर्वको अवसरमा एनसेलले एक विषेश भिडियो सार्वजनिक गरेको छ । संसार देखाउने आमाको ममताभन्दा गहिरो माया अनि सन्तानलाई हुर्काउने आमाको काखभन्दा प्यारो ठाउँ संसारमै कतै भेटिन्न, पर्व नै हाम्रो परम्परा हो र यसलाई मनैदेखि मनाऔं, सम्बन्ध सधैं विशेष बनाऔं भन्ने सन्देश यो भिडियोले बोकेको छ ।

आफुलाई प्राण दिने दिवङ्गत आमाहरुको सम्झनामा आजकै दिन तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गरेर मातृत्वको स्मरण गर्ने गरिन्छ ।

आमाहरु प्रति समर्पित विशेष भिडियो:



प्रतिक्रिया दिनुहोस !