२० मंसिर २०८२, शनिबार

बुद्ध जयन्तीको अवसरमा स्याङ्जाको भीरकोटमा भलिबल प्रतियोगिता हुने

प्रकाशित मिति :  11 May, 2024 4:28 pm


नारायणप्रसाद कोइराला

काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकामा खुल्ला पुरूष भलिबल प्रतियोगिता एवं रमाइलो मेला हुने भएको छ। २६४३ औं बुद्ध जयन्तीको अवसरमा बयरघारी पिस युथ क्लबले भीरकोट खेलमैदानमा रमाइलो मेला आयोजना गर्न लागेको हो।क्लबको आयोजना जेठ १० गतेदेखि २० गतेसम्म रमाइलो मेला हुन लागेको हो।

समाज र राष्ट्र विकासको लागि युवा एकता, अनुशासन, विकास र गतिशीलताझ भन्ने मुल नारासहित स्थापित क्लबले रमाइलो मेला र खेलकुद कार्यक्रम गर्न लागेको हो।

भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १० हजार, द्वितीय पुरस्कार ६५ हजार , तृतीय पुरस्कार ३५ हजार र सान्त्वना पुरस्कार २५ हजार रहेको छ।खेलमा सहभागी हुन चाहने टिमले जेठ १ गतेदेखि ७ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने र दर्ता शुल्क ७ हजार ५ सय लाग्ने खेल संयोजक सुरज खाँण ठकुरीले जानकारी दिए।

क्लबले हरेक वर्ष बुद्ध जयन्तीको अवसरमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ।२६४३ औं बुद्ध जयन्तीको अवसरमा खेलकुद, कला र संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ भीरकोट खेलमैदानमा १० दिने रमाइलो मेला आयोजना गरिएको क्लबका अध्यक्ष दिल बहादुर मगरले जानकारी दिए । मेलामा करिब १ सय वटा व्यापारिक स्टल समेत हुनेछन्।

अध्यक्ष थापाका अनुसार रमाइलो मेलामा खुल्ला पुरुष भलिबल प्रतियोगिताका साथसाथै विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पिङ , रेल, डुङ्गा लगायतका मनोरञ्जनात्मक बालउद्यानकाको व्यवस्था गरिनेछ। मेलालाई हर्षो र उल्लाषमय बनाउन स्थानीय कलाकार र राष्ट्रिय कलाकारहरुको बेजोड साँगितिक प्रस्तुति समेत रहने छ



प्रतिक्रिया दिनुहोस !