१२ श्रावण २०८१, शनिबार

सन्दीपको निलम्बन फुकुवा, घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने

प्रकाशित मिति :  15 May, 2024 7:05 pm


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फकुवा गरेको छ । क्यानले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै सन्दीपमाथि भएको निलम्बन फुवुका भएको जनाएको छ ।

“सम्मानित उच्च अदालत पाटनको बुधाबारको फैसला बमोजिम नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दिप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको जानकारी गराउँदछौ”, विज्ञप्तिमा भनिएको छ ।

निलम्बन फकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस !