१२ श्रावण २०८१, शनिबार

नेपाली क्रिकेटलाई अझै माथि पुर्‍याउँछु: सन्दीप लामिछाने

प्रकाशित मिति :  15 May, 2024 9:47 pm


काठमाडाैँ । क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझै माथि पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

उच्च अदालत पाटनबाट बलात्कारको मुद्दामा सफाई पाएपछि बुधवार पत्रकार सम्मेलनका क्रममा क्रिकेटर लामिछानेले यसअघि नेपाललाई जहाँ पुर्‍याएको थियो, त्यो भन्दा पनि माथि पु¥याउन प्रयास गर्ने प्रतिक्रिया दिएका हुन् ।

गौशाला २६ ले आफूमाथि बलात्कार भएको भन्दै लगाएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर गरेको थियो । सोहीविरुद्ध सन्दीप उच्च अदालत गएका थिए ।

बुधवार उच्च अदालतले काठमाडौँको फैसला बदर गरेको हो ।  त्यससँगै पत्रकार सम्मेलनमा सन्दीपले यो मुद्दा खेपेको साढे एक वर्षभन्दा बढी समय भएको र आरोप लागेको पहिलो दिनदेखि नै आफू निर्दोष रहेको बताउँदै आएको समेत उल्लेख गरे । उनले आफूलाई धेरै तवरबाट फसाएर नभएको अपराधको दोेषी बनाइएको दाबी गरे । तथापि, अहिले न्याय पाएको उल्लेख गर्दै उनले यसअघि अदालतको पैmसलालाई सम्मान गरेको र अहिले उच्च अदालतलाई पनि सम्मान गर्ने बताए । उच्च अदालत पाटनका प्रवक्ता विमल पराजुलीले जिल्ला अदालतले गरेको फैसला पूर्ण रूपमा उल्ट्याएको उल्लेख गर्दै उच्च अदालतले सफाई दिएको बताए ।

साथै प्रवक्ताले गौशला २६ नाबालिक नरहेको पनि फैसालामा उल्लेख भएको बताए ।  सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले मुद्दा जाहेरीकर्ताप्रति पनि सम्मान गर्न सबैमा आग्रह गर्दै उनको आत्मसम्मानमा ठेस पुग्ने किसिमका अभिव्यक्ति नदिन आग्रह गरे । सन्दीपले आरोप लागेदेखि नै कानून र अदालतको सम्मान गर्दै आएको सरोजकृष्णले बताए।

साथै उहाँले सन्दीपमाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिवन्ध फुकुवा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी जिम्मेवारी फिर्ता गर्नुपर्ने समेत जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !