१२ श्रावण २०८१, शनिबार

कोरोना संकट:भारत सरकारद्धारा २० लाख करोड भारतीय रुपैयाँको आर्थिक प्याकेज घोषणा

प्रकाशित मिति :  12 May, 2020 8:45 pm


काठमाण्डौं, ३० वैशाख । 

भारत सरकारले कोरोनाले निम्ताएको संकटबाट बच्न २० लाख करोड भारतीय रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बेलुकी देशवासीका नाममा सम्बोधन गर्दै कोरोनाले निम्ताएको संकटबाट बच्न र भारतलाई आत्म निर्भर बनाउनका लागि यसअघि भारतीय रिजर्भ बैंकले घोषणा गरेको राहतसहित २० लाख करोड भारतीय रुपैयाँको राहत घोषणा गरेका हुन् ।

यो रकम भारतको कूल ग्रार्हस्थ उत्पादनको १० प्रतिशत हो । आर्थिक प्याकेजको घोषणा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने,‘ यो विशेष आर्थिक प्याकेजको घोषणाले आत्म निर्भर भारत अभियानका लागि ठूलो कडीका रुपमा काम गर्ने छ ।

यसले देशको विकास र भारतको आत्मनिर्भरको यात्राको अभियानमा एउटा गति दिने प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री मोदीले १७ मे पछि पनि लकडाउन जारी रहने बताएका छन् । नयाँ नियमका साथ लकडाउन जारी रहने भन्दै प्रधानमन्त्री मोदीले प्रान्तहरुको सुझाव अनुसार अगाडि बढ्ने बताएका छन् । चौथो पटक लकडाउन थपिनुअघि नयाँ नियमबारे जानकारी गराउने प्रधानमन्त्री मोदीको भनाई छ ।

गत बैशाख ५ गते नै कोरोना भारतका कारण हुनसक्ने आर्थिक संकट हटाउन ठूलो आर्थिक प्याकेज घोषणा गरिएको थियो ।

भारतीय रिजर्व बैंकका गभर्नर शक्तिकान्त दासले ५० हजार करोड भारुको आर्थिक प्याकजे घोषणा गरेका थिए ।

प्याकेज अन्तर्गत राष्ट्रिय कृषि तथा ग्रामिण विकास बैंकलाई २५ हजार करोड भारु र साना उद्योग विकास बैंकलाई १५ हजार करोड भारु र राष्ट्रिय आवास बैंकका लागि १० हजार करोड भारु विनियोजन गरिएको थियो । यसलाई समेत जोडेर भारतीय प्रधानमन्त्री भोदीले आज ठूलो आर्थिक प्याकेजको घोषणा गरेका हुन् ।

          सम्बन्धित समाचार

भारतमा आर्थिक मन्दी रोक्न आर्थिक प्याकेजको घोषणा, ५० हजार करोड भारु बजारमा लगानी हुने



प्रतिक्रिया दिनुहोस !