१२ श्रावण २०८१, शनिबार

आज २५६८औं बुद्ध जयन्ती मनाइँदै

प्रकाशित मिति :  23 May, 2024 7:22 am


काठमाडौँ। आज बुद्ध २५६८औं बुद्ध जयन्ती । शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

बिहीबार बिहानैदेखि चैत्य, गुम्बा, विहारलगायत स्थलमा सर्वसाधारणको घुँइचो बढेको छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

वुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रुपमा पनि पुजाआराधना गरिने गरिन्छ । लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।

इसापूर्व ५६३ मा रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।



प्रतिक्रिया दिनुहोस !