१२ श्रावण २०८१, शनिबार

बुद्धको सन्देश आत्मसातले विश्ववन्धुत्वको भावना अभिवृद्धि हुन्छः मुख्यमन्त्री महरा

प्रकाशित मिति :  23 May, 2024 7:41 am


देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरारले शान्तिका अग्रदूत गौतम बुद्धको सन्देशलाई आत्मसात गर्ने हो भने विश्व वन्धुत्वको भावना अभिवृद्धि हुने बताएका छन् ।

बिहीबार २५६८औं बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै महराले धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भइ विश्व शान्ति कायम गर्न बुद्धको मार्गदर्शन आत्मसात गर्नुपर्ने बताएका हुन्।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण गर्दै प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

महरालले बिहीबार बुद्ध जयन्तीको अवसरमा आयोजित तिलौराकोट देखि लुम्बिनी सम्मको मायादेवी पदमार्ग दौडको उद्घाटन गरेका छन्। पदमार्गको दूरी ३९ किलोमिटर रहेको छ ।



प्रतिक्रिया दिनुहोस !