४ असार २०८१, सोमबार

दोस्रो अभ्यास खेलमा ह्युस्टन हरीकेन्समाथी नेपालको जित

प्रकाशित मिति :  26 May, 2024 8:00 am


काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरीकेन्सलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा नेपाल २७ रनले विजयी भएको हो।

शनिबार जितका लागि १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो । ह्युस्टनका जिआ शाहजादले सर्वाधिक ३५ रन बनाए। यस्तै, इमरान खान जुनिअर र लाहिरु मिलान्थाले १६/१६ रन बनाए।

नेपालका करण केसीले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र अभिनाश बोहराले २/ २ विकेट लिँदा कप्तान रोहितकुमार पौडेल र सागर ढकालको नाममा १/१ विकेट रह्यो।

त्यसअघि प्रेरी भ्यू कम्प्लेक्समा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १२३ रन बनाएको थियो।

नेपालकम कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३७ रन बनाए। कुशल भुर्तेल २३ र गुल्शनकुमार झा १४ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

ह्युस्टनका इमरान शेख जुनिअ र जिआ शाहजादले २/२ विकेट लिए।



प्रतिक्रिया दिनुहोस !