१२ श्रावण २०८१, शनिबार

इरानका गृहमन्त्रीद्वारा राष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु गर्न निर्देशन

प्रकाशित मिति :  28 May, 2024 3:03 pm


काठमाडौँ । इरानका आन्तरिकमन्त्री अहमद वाहिदीले देशको १४ औँ राष्ट्रपतीय निर्वाचन प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन् ।

देशका गभर्नर र गभर्नर जनरलहरूलाई सम्बोधन गर्दै आन्तरिक मन्त्रीले निर्वाचन मुख्यालय स्थापना गर्न तीन दिनभित्र देशभर सम्बन्धित कार्यकारी निकाय गठन गर्न र अन्य आवश्यक कार्यान्वयन गर्न निर्देशन दिएका हुन। इरानको निर्वाचन मुख्यालयले उम्मेदवारहरूको दर्ता प्रक्रिया बिहीवारदेखि शुरु हुने र पाँच दिनको लागि जुन ३ सम्मको घोषणा गरेको छ ।

उम्मेदवारीको लागि दर्ता गर्नेहरूले पूरा गर्नुपर्ने शर्त र योग्यताहरू पनि निर्दिष्ट गरेको छ । जसमा इरानी मुलको, इरानी नागरिकता र राम्रो ट्रयाक रेकर्ड र प्रतिष्ठा भएको र इरानको आधारभुत सिद्धान्तहरूका साथै देशको आधिकारिक धर्मप्रति प्रतिवद्ध हुनुुपर्ने उल्लेख गरिएको छ ।

आईआरएनएका अनुसार दर्तापछि उम्मेदवारहरूले जुन १२ देखि २७ सम्म चुनावी अभियान सञ्चालन गर्नुपर्नेछ र जुन २८ मा निर्वाचन हुनेछ । इरानका दिवंगत राष्ट्रपति इब्राहिम राईसी र उहाँका सहकर्मीको गत मे १९ मा उत्तरपश्चिम इरानी प्रान्त पूर्वीअजरबैजानको पहाडी क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

सोमवार इरानका सर्वोच्च नेता अली खामेनीले देशका प्रथम उपराष्ट्रपति मोहम्मद मोख्बेरलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !