१२ श्रावण २०८१, शनिबार

बंगलादेशमा चक्रवात रेमालका कारण मृत्यु हुनेको संख्या १० पुग्यो

प्रकाशित मिति :  29 May, 2024 10:32 am


काठमाडौँ । चक्रवात रेमालबाट बंगलादेशमा १० व्यक्तिको मृत्यु भएको छ ।

देशका प्रकोप व्यवस्थापन र राहत राज्यमन्त्री मोहिबुर रहमानले चक्रवाती आँधीका कारण छ तटीय जिल्लामा १० जनाको मृत्यु भएको बताए। बंगलादेशका १९ जिल्लाका लाखौं मानिस शक्तिशाली आँधीबाट प्रभावित भएका छन् ।

कुल १ लाख ४८ हजार ५३३ घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । रेमालले आइतबारदेखि रेल, सडक र हवाई यातायात पनि ठूलो मात्रामा अवरुद्ध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !