१२ श्रावण २०८१, शनिबार

अस्ट्रेलियामा समुद्रमा माछा मार्नेक्रममा २ जना नेपाली विद्यार्थीको मृत्यु

प्रकाशित मिति :  29 May, 2024 10:52 am


काठमाडौँ । अस्ट्रेलियाको सिड्नीस्थित समुद्रमा डुबेर दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ।

सोमबार क्रोनलाको उत्तरमा रहेको कर्नेलको केप सोल्यान्डर ड्राइभ नजिकैका चट्टानमा बसेर ‘रक फिसिङ’ गर्ने क्रममा उनीहरू समुद्रमा खसेका थिए ।

लाइफ ज्याकेट बिना चट्टानमा बसेर माछा मारिरहेको २२ र २५ वर्ष युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु गोरखा र दोलखाका भएको भनिएपनि नाम सार्वजनिक गरिएको छैन् ।

स्थानीय समयअनुसार करिब दिउँसो २:४५ बजे माछा मारिरहेका दुई जना चट्टानबाट पानीमा खसेको खबर पाएपछि सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सका अधिकारीहरू घटनास्थल पुगेका थिए ।

घटनास्थलमा उद्धारकर्मीले दुई जनालाई निकालेर प्राथमिक उपचार गरेको र केही समयपछि दुवै जनालाई मृत घोषित गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !