१२ श्रावण २०८१, शनिबार

जापानमा ५.९ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति :  3 June, 2024 10:49 am


काठमाडौं । जापानको इशिकावा प्रान्तमा ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।

सोमबार बिहान स्थानीय समय अनुसार करिब साढे ६ बजेतिर भूकम्पको पहिलो धक्का महसुस भएको थियो । पहिलो धक्का ५.९ म्याग्निच्युडको र दोस्रो धक्का ४.८ म्याग्निच्युडको मापन भएको थियो । धक्का इशिकावा, नोटो, सुजु, नानो र अनामिजु लगायतका शहरहरुमा महसुस गरिएको थियो ।

समाचार एजेन्सीका अनुसार हालसम्म सुनामीको चेतावनी पनि जारी गरिएको छैन । भूकम्पबाट कुनै क्षति नभएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !