१२ श्रावण २०८१, शनिबार

नेपालको पुर्वी भू-भागबाट मनसुन भित्रियो

प्रकाशित मिति :  10 June, 2024 4:08 pm


काठमाडौँ । यस वर्षको मनसुन नेपालको पुर्वी भू-भागमा भित्रिएको छ । २०८१ जेठ २८ गते पूर्वी भू भागमा भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो भएपनि यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि नेपालमा प्रवेश गरेको हो ।

महाशाखाका अनुसार नेपालको अन्य भू भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिन्छ ।

महाशाखाले अद्यावधिक मौसम सुचनाको जानकारी लिन अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !