२० माघ २०८२, मंगलबार

रोल्पा–पोखरा समाजले गर्यो पोखरामा भूम्या मेला, पर्वलाई राष्ट्रिय मान्यता दिनुपर्नेमा जोड

प्रकाशित मिति :  16 June, 2024 10:22 am


पोखरा । गण्डकी प्रदेशको पोखरामा भूम्या पर्वको अवसरमा मेला एवं सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

शनिवार सम्पन्न मेलामा बोल्दै गण्डकी प्रदेशसभाकी उपसभामुख विनाकुमारी थापाले भूम्या पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने बताएकी छिन्।

अठार मगरात क्षेत्रका मगर समुदायको मौलिक पर्व भूम्याको अवसरमा रोल्पा–पोखरा सम्पर्क समाज लगायतका संस्थाले मेलाको आयोजना गरेका हुन्।

कार्यक्रमको आयोजकमा रुकुमेली एकता सम्पर्क समाजसमेत रहेको थियो । समामुख थापाले भूम्या पर्वलाई मगर जातिमा मात्र सीमित राख्न नहुने बताइन्।

भूम्या पर्व मौलिक र वैज्ञानिक पर्व रहेकाले लोपोन्मुख संस्कार, संस्कृतिको संरक्षण गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

भूम्या नाचसहितको झाँकी ¥याली लखनचोकबाट सुरु भइ नयाँबजार हुँदै मेलास्थल पोखरा प्रदर्शनी केन्द्रमा पुगी कार्यक्रममा परिणत भएको थियो । भूमि देवताको पूजा गरी कार्यक्रमको सुरुवात गरिएको थियो।

कार्यक्रममा भूम्या नाच समेत प्रस्तुत गरिएको थियो । रोल्पा–पोखरा सम्पर्क समाजका अध्यक्ष रामकुमार बुढाले भूम्या पर्वको संरक्षण संवद्र्धनका लागि लाग्ने प्रतिवद्धता व्यक्त गरका छन् । भूम्या पर्व रोल्पा, रुकुम, दाङलगायतका जिल्लामा विशेष रुपमा मनाउने गरिन्छ ।

कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का “बिखर्ची”, नेपाल मगर संघका उपमहासचिव खेम पुन, नेकपा (माओवादी केन्द्र)का नेता आशमान रोका “पवन”, नेपाल कम्युनिष्ट पार्टीकी नेतृ सावित्रा दुरा “आस्था”, माओवादी केन्द्रका युवा नेता सुवर्ण, राप्ती सल्यान–पोखरा सम्पर्क समाजका वरिष्ठ उपाध्यक्ष वीरसिंह बुढालगायतले भूम्या पर्वको महत्वको चर्चा गरेका थिए।

नेपाल मगर संघका केन्द्रीय सल्लाहकार हर्कबहादुर पुन, केन्द्रीय कोषाध्यक्ष पूर्णबहादुर राना, केन्द्रीय सदस्य हर्क आले, गण्डकी प्रदेशकी उपाध्यक्ष पवित्रा थापा, कास्की जिल्ला अध्यक्ष रामबहादुर थापा, पोखरा महानगर समितिका अध्यक्ष ओम श्रीस, नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का महासचिव सुजनकुमार लामालगायतको समेतले मेलामा सहभागिता जनाएका थिए।



प्रतिक्रिया दिनुहोस !