२० माघ २०८२, मंगलबार

नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा

प्रकाशित मिति :  28 June, 2024 7:27 am


काठमाडौँ। बलिउड अभिनेत्री जयप्रभा नहताले नेपाल आफ्नो लागि दोस्रो घर रहेको बताएकी छिन्।

बिहीवार काठमाडौंमा भएको नेपाल–भारत कल्चरल फेस्टिबल कार्यक्रमका क्रममा उनले नेपाल पशुपतिनाथको कृपाले महान रहेको बताइन्।

उनले नेपाल आएर आफ्नो देशका बारेमा केही कुरा राख्न पाउँदा गर्वको महशुस भएको चर्चा गर्दै उनले नेपाल—भारत सम्बन्ध आगामी दिनमा झनै बिस्तार गर्दै लैजानुपर्ने बताइन्।

उनले भनिन्, “यस धर्ती महान छ । बाबा पशुपतिनाथको आशिर्वादका कारण यो धर्ती महान छ । यस धर्तीलाई म प्रणाम गर्दछु । मलाई नेपाल आउँदा लाग्छ, यो मेरो लागि दोस्रो घर हो ।”

उनले आफू तीन पटक सांसद बनेको भए पनि अहिले पनि चलचित्र क्षेत्रबाट टाढा नगएको बताए।

–न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !