आज पनि सबै प्रदेशमा वर्षा हुने, तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौँ। मनसुनको सक्रियताले देशभर आज (मंगलवार) पनि भारी वर्षाको सम्भावना रहेको पूर्वानूमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।
मंगलवार दिउँसो देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
मंगलवार राती पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मंगलवार राती सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।








