८ जेष्ठ २०८१, मंगलबार

मोरङमा २ र धनकुटामा १ जना कोरोना संक्रमित भेटिए

प्रकाशित मिति :  17 May, 2020 8:04 pm


काठमाण्डौं, ४ जेठ ।

मोरङमा २ र धनकुटामा १ जना कोरोना संक्रमित भेटिए भेटिका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर संक्रमणको पुष्टि गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्धारा जारी विज्ञप्तिमा मोरङ् बिराटनगरमा २९ वर्षीय महिला र ३६ वर्षीय पुरुष तथा धनकुटाकी ३४ वर्षीय महिलामा कोरना संक्रमण भएको उल्लेख छ ।

उनीहरुको वि.पी. कोराईलाला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएको थियो । आज विहान मात्रै रौतहटमा १० जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । यो संगै देशभर संक्रमितको संख्या २ सय ९५ पुगेको छ भने बाँकेसिन्धुपाल्चोकमा एक एक जनाले ज्यान गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस !