१ चैत्र २०८१, शनिबार

९ दिनमा ६ लाख भक्तजनले दर्शन गरे पशुपति कोटिहोम महायज्ञको

प्रकाशित मिति :  25 July, 2024 10:32 am


काठमाडाैँ । श्री पशुपति कोटिहोम महायज्ञ सुरू भएको नवौं दिनसम्म करिब ६ लाख भक्तजनले दर्शन गरेको आयोजकले जनाएकाे छ ।

गत श्रावण १ गते देखि सञ्चालन भएको महायज्ञमा दैनिक लाखौं भक्तजनहरूको उपस्थिती रहने गरेको छ । काठमाडौँ उपत्यका तथा उपत्यका बाहिरबाट दैनिक भक्तजनहरूको आगमन बाक्लो रहेको छ ।

भक्तजनहरूको अत्यधिक उपस्थितीलाई मध्यनजर गर्दै आयोजक संस्था मानव सेवा फाउण्डेसनले अहिले ३ स्थानबाट कथा प्रवचन,झाकी प्रदर्शन अनि भजनकिर्तनको कार्य गरेकाे छ । त्यस्तै कैलाशडाडाँबाट नियमित हवनको कर्मसँगै अन्य प्रवचनको कार्य पनि भइरहेको छ ।

सुप्रशिद्ध कथावाचिका राधिका माताले श्रावण १ गते देखि ७ गते सम्म श्री शिवमहापुराण कथा प्रवचन गरेकी थिइन । अहिले वाचन प्रविण दिनबन्धु पोख्रेल र देवी प्रतिभाले कथा प्रवचन गरिरहेका छन ।

आयोजकका अनुसार महायज्ञ अवधिभर करिव ५० लाख देखि ८० लाख सम्म भक्तजनले दर्शन गर्ने आकलन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !