७ बैशाख २०८१, शुक्रबार

सरकारद्धारा नेपालको नयाँ नक्सा घोषणा, यसरी आउने छ कार्यान्वयनमा

प्रकाशित मिति :  18 May, 2020 8:31 pm


काठमाण्डौं,५ जेठ ।

सरकारले लिम्पियाधुरासहित यसअघि छुटेको भूमि समावेश गरेर नेपालको नक्सा स्वीकृत गरेको छ । सरकारका प्रवक्ता अर्थ,सूचना तथा प्रविधि मन्त्री डा.युवराज खतिवडाले आज बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा स्वीकृत गरेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने,‘मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अध्यावधिक नक्सा स्वीकृत गरेको छ ।’

मन्त्री खतिवडाले नयाँ नक्सामा लिम्पियधुरा,कालापानी,लिपुलेसहितको नयाँ नक्सा स्वीकृत गरेको जानकारी लिए । उनले अब नयाँ नक्सा नै नेपालको प्रशासनिक तथा अन्य प्रवन्धका लागि प्रयोगमा आउने छ । उनले भने,‘ नयाँ नक्सामा पश्चिम उत्तरी क्षेत्रमा लिम्यिधुरा, लिपलेक र कालापानी समेटीएको छ ।’ अब नयाँ नक्सा अनुसार निशान छाप, सरकारी कामकाजमा प्रयोग गरिने नक्सा,पाठ्यपुस्तक तथा सार्वजनिक रुपमा प्रयोग हुने नक्सा यै लागु हुने मन्त्री खतिवडाको भनाई छ ।

यसअघि  छुटाईएको भनिएको भूमिसहित समावेश गरेर सरकारले नयाँ नक्सा स्कीकृत गरेको हो । भारतले नेपालको भूमि समेत समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेपछि विवाद सुरु भएको थियो ।

अब स्पष्ट रुपमा लिम्पियाधुरा,लिपुलेक र कालापानीसहितको नक्सा प्रचलनमा आउने छ । भारतले यसअघि आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पियाधुरा,कालापानी र लिपुलेक समेटेर नक्सा जारी गरेपछि चर्को विवाद भएको थियो । लगत्तै नेपालीभूमि मिचेर सडक समेत निर्माण गर्दै उद्घाटन गरेपछि सरकारले नयाँ नक्सा ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस !