३० भाद्र २०८१, आइतबार

जनकपुर धाममा झुलन महामहोत्सवको रौनक

प्रकाशित मिति :  10 August, 2024 2:03 pm


काठमाडाैँ । प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा झुला महामहोत्सवको रौनक सुरू भएको छ । चर्चित संस्कृति र पर्व मध्येमा पर्ने झुलन उत्सवमा जनकपुरका मठ मन्दिरहरू संगीतमय बनेका छन् ।

झुलन उत्सवमा सहभागी हुन नेपाल र सीमावर्ती भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरु जनकपुर आएका छन् । मिथिला क्षेत्रमा रहेका मठमन्दिर र कुटीहरुमा आयोजना भइरहेको झुला उत्सवमा गाइने धार्मिक गीत संगीतले सबैलाई मन्त्रमुग्ध बनाइरहेको हुन्छ ।

जनकपुर र आसपासका प्रत्येक मठमन्दिरमा झुलाका लागि सिंहासन निर्माण गरी सजाइएको गद्दीमा रामसीताको मूर्ति राखि झुलाउने परम्परा रहेको छ । मिथिलाको सांस्कृतिक पर्वका रूपमा चिनिने झुला उत्सव साउन तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । झुला उत्सवको शुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको पौराणीक मान्यता रहेको छ ।



प्रतिक्रिया दिनुहोस !