१ आश्विन २०८१, मंगलबार

गायक रेशम राजलाई अर्को सफलता, मेलिनासँग गाएको ‘मायाको रूपै राम्रो’ ले चर्चा बटुल्दै

प्रकाशित मिति :  11 August, 2024 2:36 pm


काठमाडौँ । आच्छा लाहुरे जुलपी पाले, ठिक लाहुरे इज्जतै नफाले’ गत वर्षको तीज आसपासको सिजनमा निकै सुनिएको हेरिएको गीत हो ।

गत वर्ष सन् २०२३ अगष्ट २ तारिखमा रेशम राज अफिसियल युटुब च्यानल मार्फत संगीत बजारमा आएको थियो । जुन गीत अहिले (समाचार तयार गर्ने बेलासम्म) ३७ लाख ७५ हजार पटक बढी हेरिएको छ ।

गायक रेशम राज सुनार र चर्चित गायिका शान्तिश्री परियारको सुमधुर आवाजमा रहेको उक्त गीत गत वर्षको सर्वाधिक चर्चा पाएको मध्ये एक हो । अमित सुनारको शब्द, नन्दु परियारको संगीतमा सझिएको गीतले सामाजिक सञ्जालका विभिन्न प्लेटफमहरु तताएको थियो । सोही गीत मार्फत रेश राजले देश तथा विदेशमा अत्याधिक चर्चा पाएका थिए ।

उनै गायक रेशमले यो वर्षको तीज लक्षित गरि फेरि संगीत बजारमा अर्को कोशेली लिएर आएका छन् । उनले बहुचर्चित गायिका मेलिना राईसँगको संयुक्त आवाजमा ‘मायाको रुपै रामो’ बोलको गीत बजारमा ल्याएका छन् ।

जुन गीत नेत्र अर्यालले लेखेका हुन् भने नन्दु परियारले संगीत भरेका छन् । एचविएन किस्मतद्वार संगीत सम्योजन गरिएको उक्तको म्युजिक भिडियो अहिले सामाजिक संजाल फेशबुकको रिल्स, टिकटक लगायतका माध्यमबाट धेरै दर्शक श्रोता माझ पुगेको छ । ‘मायाको रुपै राम्रो’ गीतको म्युजिक भिडियोमा जुन सुन्दास र सुन्दर एसडीएसलाई मुख्य अभिनयमा देख्न सकिन्छ । रेशमले आफ्नै यूट्युव च्यानल मार्फत बजारमा ल्याएका हुन् ।

गायक रेशम राज अहिले जापानमा कार्यरत छन् । जापानलाई कार्मथलो बनाए पनि नेपाली गीतसंगीत प्रति उनको लगाव निकै पाइन्छ । प्रदेशमा रहेर पनि नेपाली गीत संगीतमा उनको निकै झुकाव देखिन्छ । उनले यसअघि पनि थुप्रै गीतहरु बजारमा ल्याएका छन् । बागलुङको गलकोटमा जन्मिएका रेशम राज विशेषगरि नेपाली मौलिक गीत संगीत सृजनामा रुची राख्छन् ।

गीतसंगीतलाई निरन्तरता दिनेक्रममा उनले पछिल्लो समय ‘मायाको रुपै राम्रो’ बोलको गीतलाई बजारमा ल्याएका हुन् । उनी गीत गाउनकै लागि छुट्टी मिलाएर नेपाल आउने गरेका छन् । बिदामा नेपाल आएका बेलामा नै उनले धेरै बजारमा ल्याउने गरेका छन् । केही सातामात्रै जापाना फर्किएका गायक रेशमले चर्चित कार्यक्रम साराङ्गी संसारमा पनि गायिका निर्जला गुरुङसँग प्रत्यक्ष दोहोरो गाएका छन्, जुन यति बेला निकै चर्चामा समेत छ।



प्रतिक्रिया दिनुहोस !