१४ बैशाख २०८१, शुक्रबार

भारतद्धारा आफ्नो देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह

प्रकाशित मिति :  20 May, 2020 9:59 pm


काठमाण्डौं, ७ जेठ ।

भारतले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह गरेको छ ।

नेपालले आज आफ्नो नयाँ नक्सा जारी गरेपछि प्रतिकृया दिदै भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालको नक्साभित्र भारतीय भूमि समावेश भएको दाबी गरेका छन् ।

उनले एकपक्षीय ढंगले भएको काम ऐतिहासिक र प्रमाणमा आधारित नभएको दाबी गरेका छन् । प्रवक्ता श्रीवास्तवले नेपालको दाबीलाई कृतिम भएको भन्दै भारतले स्वीकार नगर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्,‘ वास्तवमा यसखाले भूभागको कृतिम  विस्तार भारतलाई स्वीकार्य हुँदैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’

प्रवक्ता श्रीवास्तवले सीमाका विषयमा भारतको अडानबारे नेपाललाई राम्रोसँग थाहा भएको दाबी गर्दै यस्तो अनुचित नक्साङ्कनको दाबीबाट टाढा रहन र भारतको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्न आग्रह गरेका छन् ।

प्रवक्ता श्रीवास्तवले नेपालको नेतृत्वले सीमा विवादलाई कूटनीतिक छलफलका माध्यामबाट समाधान गर्नका लागि सकारात्मक वातावरण बनाउने विश्वास व्यक्त गरेका छन् ।

नेपाल सरकारले आज लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र समावेश सहितको नेपालको अध्यावधिक नक्सा सार्वजनिक गरेको थियो । नक्सा सार्वजनिक गरेलगत्तै भारतको यस्तो टिप्पणी आएको हो ।



प्रतिक्रिया दिनुहोस !