२२ मंसिर २०८१, शनिबार

भारत मध्येप्रदेशको न्युन चापिय प्रणाली नेपालतर्फ सर्दै, बिहीवार साँझदेखि पश्चिम नेपालमा भारी वर्षा हुने

प्रकाशित मिति :  12 September, 2024 6:25 am


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेतापनि हाल भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापिय प्रणाली थप विकसित भई उत्तर(पश्चिम तिर (नेपाल नजिक) सर्ने सम्भावना देखिएको विभागले जनाएको छ।

विभागले प्रकाशित गरेको विशेष मौसम बुलेटिन अनुसार आज (बिहीवार) बेलुकादेखि आइतवार विहान सम्म विशेष गरी नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय भई वर्षा हुने सम्भावना रहेको छ ।

तीन दिनको अवधिमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहने छ।

यस अवधिमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ भने यसबिच सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ।

वर्षाको कारण भ–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहने प्रक्षेपण विभागको छ ।

ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन(जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !