२२ मंसिर २०८१, शनिबार

सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैनः अध्यक्ष दाहाल

प्रकाशित मिति :  29 November, 2024 12:22 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन नसकेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै उनले शिक्षालाई सरकारले उच्च प्राथमिकता दिने भनेको भएपनि व्यवहारतः लागू हुन नसकेको जिकिर गरे ।

उनले पटकपटकको प्राकृतिक प्रकोपले शिक्षा क्षेत्र प्रभावित हुने गरेको बताए । उनले संकटको परिस्थितिमा विद्यालयको पुनःनिर्माण, पुनःस्थापना, अनलाइन कक्षाको सञ्चालन र विद्यार्थी सहायता कार्यक्रमहरुमा निजी क्षेत्रबाट हुने सहयोग र सहकार्य निकै महत्वपूर्ण हुने बताए । उनले यस्ता क्रियाकलापहरूबाट नै निजी विद्यालयहरु केबल नाफा आर्जन गर्न मात्र नभइ समामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उत्तिकै तत्पर छन् भन्ने मान्यता स्थापित हुने बताए ।



प्रतिक्रिया दिनुहोस !