महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो
प्रकाशित मिति : 30 September, 2026 9:52 am
काठमाडौँ । महाकालीनदीमा आएको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल बगाएको छ । बाढीले दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुलको एक भाग बगाएको हो ।
बुधवार बिहान करिब ८ बजे नदीको बीच भागमा रहेको पुलको पिलर भत्किएपछि पुलको एक भाग नदीमा खसेको छ ।
प्रत्यक्षदर्शीका अनुसार पिलर भत्किएसँगै पुलको संरचना नदीको बहावसँगै बगेको थियो।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको भाग भत्किएको छ।
महाकालीमा आएको बाढीका कारण पुलको संरचनामा क्षति पुगेपछि उक्त मार्गको आवागमन प्रभावित भएको छ।









