१५ माघ २०८२, बिहिबार

मुक्त कमलरीहरूको समस्या समाधानका लागि प्रदेशस्तरीय छलफल सम्पन्न

प्रकाशित मिति :  27 December, 2024 8:14 am


माेतिराम भट्टराई

दाङ । मुक्त कमलरी-कमैया महिलाहरूको समस्या समाधान र पुनर्स्थापना कार्यविधि सम्बन्धी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम राप्ती गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ।

मुक्त कमलरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हिरामती चौधरीकाे अध्यक्षतामा एवम् लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीकाे प्रमुख प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा मुक्तकमैयाहरुले रोजगारीका अवसर सिर्जना, आर्थिक आत्मनिर्भरता, पुनर्स्थापना कोषको व्यवस्था र सामाजिक न्यायको सुनिश्चितताकाे माग गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री पन्थीले प्रदेश सरकारले मुक्तकमैयाकाे पुनर्स्थापना प्रक्रियालाई प्रभावकारी बनाउन ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सरकारले महिलाहरूको सशक्तीकरणका लागि विशेष योजना अघि सार्ने बताए।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेशका पूर्व उपसभामुख कृष्णी थारुले महिलाहरूको अधिकार र सशक्तीकरणमा स्रोत व्यवस्थापनमा ध्यान सरकारलाई अनुराेध गरेकी छिन् ।

कार्यक्रममा मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरी, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी र मुक्त कमैया समाज लुम्बिनी प्रदेश अध्यक्ष जागेश्वर चौधरीले मन्तव्य व्यक्त व्यक्त गरेका थिए । यस कार्यक्रममा बाँके, बर्दिया र दाङका मुक्त कमलरी-कमैया महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



प्रतिक्रिया दिनुहोस !