१९ मंसिर २०८२, शुक्रबार

तिब्बत भूकम्पमा परी १२६ जनाको मृत्यु

प्रकाशित मिति :  8 January, 2025 9:33 am


काठमाडाैँ । चीनको दुर्गम तिब्बत क्षेत्रमा मङ्गलबार आएको ६.८ म्याग्निच्युडको विनाशकारी भूकम्पमा १२६ जनाको मृत्यु भएको र १८८ जना घाइते भएका छन्।

चिनिया सञ्चार माध्यमका अनुसार हजारौँ घर ध्वस्त भएका छन्। भूकम्पको केन्द्रविन्दु सगरमाथाको चिनियाँ तर्फको तिङरी काउन्टीमा पर्न गएको थियो।

प्रभावित क्षेत्रमा उद्धारका लागि ३४० भन्दा बढी चिकित्साकर्मी र ३,४०० उद्धारकर्ताहरू परिचालन गरिएको छ। राष्ट्रपति सी जिनपिङले उद्धार, पुनर्वास, र जाडोयाममा बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न निर्देशन दिएका छन्।

भूकम्पले नेपाल र भारतमा पनि कम्पन महसुस गराएको छ। नेपालमा कुनै ठूलो क्षति नभएको गृह मन्त्रालयले जनाएको छ। तिब्बतको प्रभावित क्षेत्रमा जाडोयाममा तापक्रम माइनस १६ डिग्रीसम्म झर्ने अनुमान गरिएको छ।

यो भूकम्प चीनमा पछिल्लो पाँच वर्षमा रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प हो।



प्रतिक्रिया दिनुहोस !