१७ बैशाख २०८१, सोमबार

तीन वर्षदेखि एमसीसी सम्बन्धि कार्यक्रम बजेटमा राखिदै आईएको छ : अर्थमन्त्री खतिवडा

प्रकाशित मिति :  1 June, 2020 12:12 pm


k|ltlglw;efsf] d+unaf/sf] a}7sdf æcfly{s sfo{ljlw tyf ljQLo pQ/bfloTj ljw]os, @)&%Æ k|:t’t ug'{x’Fb} cy{dGqL 8f o’j/fh vltj8f . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडाैं, १९ जेठ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले विगत तीन वर्षदेखि अमेरिकन सहयाेग नियाेग (एमससीसी) सँग सम्बन्धित कार्यक्रम बजेटमा राख्दै आएको बताएका छन् ।

प्रतिनिधि सभा वैठकमा सदस्यहरूले बजेट सम्बन्धि उठाएका प्रश्नकाे जवाफ दिंदै खतिवडाले  बजेटमा राखिदै आएको भएपनि रकम भने निकाशा नभएको बताए ।

उनले भने,‘अमेरिकी सहयोग नियोग (एमसीसी) को सहयोग सम्बन्धि कार्यक्रम राख्दै आएका छौं ।’ अर्थमन्त्री डा. खतिवडाले त्यसकै निरन्तरतामा अहिलेको बजेटमा कार्यक्रम समावेश गरिएको स्पष्ट पारे ।

अघिल्ला बर्षको कार्यक्रमको बजेटबारे स्पष्ट नपारे पनि अहिलेको कार्यक्रमबारे भने एमसीसी संसदबाट पारित नहुँदासम्म बजेट निकाशा नहुँने बताए । उनले भने,‘ बजेट त्यो बेलामात्रै निकासा हुन्छ जतिबेला संसदमा विचाराधिन रहेको सम्झौता पत्र अनुमोदन हुन्छ । अनुमोदन नगरुन्जेल त्यो यथावत रहन्छ ।’ उनले राष्ट्रिय हितमा मात्रै विदेशी सहयोग प्रयोग गर्ने उल्लेख गरे ।

अर्थमन्त्री डा. खतिवडाले आजै  अर्थ मन्त्रालयसँग एसियाली विकास बैंकले काेराेना संक्रमण नियन्त्रण सहयाेगका लागि ३० अर्ब रकमकाे सम्झाैता रहेकाे बताए ।

 



प्रतिक्रिया दिनुहोस !