माैसम अपडेट : तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा आंशिक बदली

काठमाडौँ । देशका विभिन्न भागमा मौसमका विविध रूप देखिएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ, भने तराईका धेरै स्थानहरू बाक्लो हुस्सु र कुहिरोले ढाकिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, अन्य प्रदेशको मौसम मुख्यत: सफा रहनेछ। तर, बिहानको समयमा तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
धमिलो मौसमका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। विशेषगरी, यातायात, हवाई उडान, कृषि तथा स्वास्थ्य क्षेत्रमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
हुस्सु र कुहिरोको प्रभाव बिहान बढी हुने भएकाले सवारी साधन चलाउँदा सचेत रहनु, समयमै गन्तव्यमा पुग्न थप सावधानी अपनाउनु, तथा स्वास्थ्यमा असर नपरोस् भन्नका लागि तातो पेय पदार्थ सेवन गर्नु उचित हुने विज्ञहरूले सुझाएका छन्।