२७ माघ २०८१, आइतबार

क्यान्सरबाट जोगिन सावधानी अपनाऔं-उपसभामुख राना

प्रकाशित मिति :  4 February, 2025 11:50 am


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले क्यान्सरबाट बच्न सावधानी अपनाउनु आवश्यक रहेको बताउँदै स्वास्थ्यको उचित हेरचाह गर्न आग्रह गरेकी छिन्।

विश्व क्यान्सर दिवसको अवसरमा मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले स्वस्थ जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिए । उनले क्यान्सरको रोकथामका लागि नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, व्यायाम, र तम्बाकू तथा मद्यपानबाट परहेज आवश्यक रहेको बताए ।

उनले क्यान्सरपीडितहरूलाई परिवार र समाजको सहयोग अत्यावश्यक हुने उल्लेख गर्दै, प्रेम र माया व्यक्त गर्न सबैलाई आग्रह गरे। “क्यान्सर लाग्न नदिन हामीले पूर्वसावधानी अपनाउनुपर्छ। तर, यदि कसैलाई लागिसकेको छ भने पनि उनीहरूलाई हौसला दिनुपर्छ। परिवारको साथ र माया एक प्रमुख औषधि हो”, उपसभामुख रानाले भने।

समाजसेवाका लागि ठूलो कोष आवश्यक नपर्ने भन्दै उनले सामूहिक प्रयासबाट धेरै काम गर्न सकिने धारणा राखे । “सामूहिक सहभागिताबाट थोरै-थोरै योगदान संकलन गरेर पनि क्यान्सरपीडितहरूलाई सहयोग गर्न सकिन्छ,” उनले जोड दिए । कार्यक्रममा चिकित्सा क्षेत्रका विज्ञहरूले पनि क्यान्सर रोकथाम र उपचारका उपायहरूबारे जानकारी दिएका थिए।



प्रतिक्रिया दिनुहोस !