देशभर मौसम मुख्यतया सफा, कोशी प्रदेशमा आंशिक बदली
प्रकाशित मिति : 7 February, 2025 8:36 am
काठमाडौँ । आज देशभर मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ। कुनै पनि क्षेत्रमा ठूलो मौसमी प्रभाव नपर्ने विभागले जनाएको छ।
यस्तै आज राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ, भने बाँकी भूभागमा मौसम सफा नै रहने विभागले उल्लेख गरेको छ।
हालकाे मौसममा विशेष परिवर्तन नभएको र कुनै ठूलो प्रणाली सक्रिय नभएकाले देशभर सामान्य मौसम रहिरहने मौसमविद्हरूको भनाइ छ।
विभागले हावापानी परिवर्तनअनुसार आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै मौसमसम्बन्धी थप जानकारीका लागि विभागको आधिकारिक स्रोतहरू हेर्न आग्रह गरेको छ।








