१२ चैत्र २०८१, बुधबार

दाङमा अवैध सुन सहित एकजना पक्राउ

प्रकाशित मिति :  10 February, 2025 8:27 am


दाङ । अवैध सुनसहित दाङमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका –१४ मिलन चोक निवासी २५ वर्षका रञ्जित रसाइली रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्र बहादुर शाहले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट प्रहरीले चार सय सन्तानब्बे ग्राम चार मिलिग्रामको दुईवटा सिक्री र एक लाख ७ हजार ८ सय रुपैयाँ बरामद गरेको छ ।

प्रहरीले शुक्रबार साँझ ६ बजे घोराहीको ट्राफिक चोक नजिकै सुराकीको आधारमा पक्राउ गरेपनि सार्वजनिक भने २ दिन पछि आइतबार गरेको हो ।



प्रतिक्रिया दिनुहोस !