१० चैत्र २०८१, सोमबार

महायज्ञ सामाजिक उत्तरदायित्व बहन गर्ने प्रभावकारी माध्यम-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  10 February, 2025 8:20 pm


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक उत्तरदायित्व बहन गर्ने प्रभावकारी माध्यम बन्दै गएकाे बताएका छन् ।

धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरूले समाजमा नैतिकता, एकता र सहयोगको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने गरेकाे मुख्यमन्त्री आचार्यले बताएका हुन् ।

बुटवल उपमहानगरपालिका-१२ नयाँ गाउँमा माघ २२ गतेदेखि सञ्चालित महायज्ञमा सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले सामाजिक उत्तरदायित्व बहन गर्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानकाे भूमिका महत्त्वपूर्ण भएको बताए ।

स्थानीय समुदायको सहभागिताले यस्ता कार्यहरू अझ प्रभावकारी बन्ने र धार्मिक तथा सांस्कृतिक मूल्यमान्यताको संरक्षण हुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !