१० चैत्र २०८१, सोमबार

हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै

प्रकाशित मिति :  12 February, 2025 8:05 am


काठमाडौँ । आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष फेब्रुअरी १२ का दिन मनाइने यस दिवसमा आतङ्कवाद तथा हिंसात्मक अतिवाद रोकथामका लागि सचेतना फैलाइन्छ।

राष्ट्रसंघीय महासभाले हिंसात्मक अतिवादलाई कुनै धर्म, राष्ट्रियता वा जातीय समूहसँग नजोड्नुपर्नेमा जोड दिएको छ। सन् २०१६ मा महासचिव वान कि मुनले महासभामा हिंसात्मक अतिवाद रोकथामसम्बन्धी कार्ययोजना प्रस्तुत गरेपछि यो दिवस मनाउन थालिएको हो ।

शान्ति, सुरक्षा, मानवअधिकार र दिगो विकासलाई प्रवर्द्धन गर्न राष्ट्रसंघले सरकार, नागरिक समाज, धार्मिक नेता र सञ्चारमाध्यमलाई अतिवादविरुद्ध सचेतना फैलाउन आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस !