१९ मंसिर २०८२, शुक्रबार

देशभरको मौसम : पहाडी भेगमा आंशिक बदली

प्रकाशित मिति :  19 February, 2025 9:23 am


दाङ । आज कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएकाे । विभागका अनुसार अन्य भू-भागमा मौसम सफा रहेको छ।

तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको देखिए तापनि समग्रमा मौसम स्थिर रहन अपेक्षा गरिएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू-भागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

रातिको समयमा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहनेछ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना कायम रहेको छ । मौसम विज्ञान विभागले यात्रा गर्ने तथा उच्च हिमाली भेगमा रहने नागरिकहरूलाई सतर्कता अपनाउन सुझाव दिएको छ ।



प्रतिक्रिया दिनुहोस !