१३ बैशाख २०८२, शनिबार

आजकाे माैसम : देशका अधिकांश भागमा मौसम सफा रहने

प्रकाशित मिति :  1 March, 2025 7:22 am


काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भए तापनि अन्य भूभागमा मौसम सफा रहनेछ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने सम्भावना छ भने बाँकी भूभागमा मौसम सफा रहनेछ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको पूर्वानुमान अनुसार, देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्यत्र मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना छ।

आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भागमा आंशिकदेखि साधारण बदली रहनेछ। अन्यत्र मौसम सफा रहने सम्भावना छ।

महाशाखाले उच्च पहाडी तथा हिमाली भूभागमा हुने हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई उड्डयनमा असर पार्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !