१९ मंसिर २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठक

प्रदेशकाे क्षमताअनुसार बजेट निर्माण गर्न सरकारसँग माग

प्रकाशित मिति :  15 May, 2025 4:11 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपानेले प्रदेशको आन्तरिक क्षमता र स्रोतअनुसारको यथार्थपरक बजेट निर्माण गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

सदस्य न्यौपानेले कृषि, पशुपालन र पर्यटनलाई आगामी नीति तथा कार्यक्रममा प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै यी क्षेत्रहरू प्रदेशको आर्थिक मेरुदण्ड बन्न सक्ने उल्लेख गरे ।

उनले स्वरोजगार नागरिक उत्पादनका लागि उद्यमशीलता प्रवर्द्धन गर्नुपर्ने र यसका लागि उद्यमीमा आधारित अनुदान कार्यक्रम ल्याउनुपर्ने माग समेत गरे ।

सदस्य न्यौपानेले प्रदेश सरकारको बजेट योजना यथार्थपरक, जनमुखी र उत्पादनमुखी बनाउन आग्रह गर्दै उत्पादन र रोजगारी सिर्जना हुने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !