६ असार २०८२, शुक्रबार
लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठक

राजापुर भन्सार सञ्चालनमा ल्याउन प्रदेश सभा सदस्य धर्मबहादुर चौधरीकाे माग

प्रकाशित मिति :  15 May, 2025 4:35 pm


दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य धर्मबहादुर चौधरीले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा नआएको र बजेट पनि सोही अनुरूप नआएकोप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सदस्य चौधरीले सरकारले नीति तथा कार्यक्रम अनुसारको बजेट नल्याएको भन्दै आगामी वर्षको नीति तथा कार्यक्रममा विगतका त्रुटि सच्याउनुपर्ने माग गरे । उनले नीति तथा कार्यक्रम र बजेटबीच समन्वय गरी प्रभावकारी ढंगले कार्यान्वयन सुनिश्चित गर्नुपर्ने बताए ।

त्यस्तै, उनले राजापुर भन्सारलाई सञ्चालनमा ल्याउन प्रदेश सरकारलाई आग्रह गरे । सो भन्सार सञ्चालनमा आए प्रदेशको व्यापार, रोजगारी र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने भन्दै उनले यो विषयलाई नीति तथा कार्यक्रममा समेट्नुपर्ने धारणा राखे ।

चौधरीले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई व्यवस्थित गरी गुणस्तरीय प्राविधिक शिक्षा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याउँदै यसतर्फ प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !