बजेट समयमै पठाउन र जनमुखी बनाउन प्रदेश सभा सदस्य डिल्लीराज भुसालको आग्रह
प्रकाशित मिति : 15 May, 2025 5:22 pm
दाङ । लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठकमा प्रदेश सभा सदस्य डिल्लीराज भुसालले विनियोजित बजेट समयमै पठाइ कार्यान्वयनमा लैजान सरकारलाई आग्रह गरेका छन् । उनले जनतामुखी बजेट निर्माण गर्दै जनताको अपेक्षा र आवश्यकता पूरा गर्नुपर्नेमा जोड दिए ।
भुसालले प्रदेश सरकारले जन अपेक्षा अनुरूप बजेट र कार्यक्रम ल्याउन नसक्दा प्रदेश संरचनाप्रति जनताको आकर्षण कमजोर बन्दै गएको बताए । उनले प्रदेश सरकारलाई जनभावना र विश्वास कायम राख्न अबको बजेट र नीति तथा कार्यक्रम प्रभावकारी, जनमुखी र परिणाममुखी बनाउन सुझाव दिए ।
सदस्य भुसालले बजेटको ढिलाइले विकास निर्माणमा अवरोध पुगेकाले बजेट छिटो पठाउन र योजनाहरू समयमै कार्यान्वयनमा लैजान विशेष ध्यान दिनुपर्ने धारणा राखे ।








