४ जेष्ठ २०८१, शुक्रबार

भारतिय अभिनेता सुशान्तसिंह राजपूतले गरे आत्महत्या

प्रकाशित मिति :  14 June, 2020 4:00 pm


एजेन्सी, ३२ जेठ । 

चर्चित अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेका छन् । उनले बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्।सुशान्तको आत्महत्याको खबर सुशान्तका घरमा काम गर्ने कर्मचारीले बान्द्रा प्रहरीलाई दिएको बीबीसीले जनाएको छ ।

१९८६ बाट टेलिभिजनमा करियर सुरु गरेका थिए । उनको ‘पबित्र रिस्ता’ नामक टेलिसिरियल दर्शकमाझ लोकप्रिय थियो ।  पछिल्लो समयमा ठूलोपर्दामा उल्लेखनीय अभिनयका कारण चर्चा कमाइरहेका थिए ।उनको केदारनाथ फिल्म एकदमै रूचाईएको फिल्म हो ।

केदारनाथ, पीके, काई पो चि ,  ड्राईभ, ‘डिटेक्टिभ ब्योमकेश बक्सी, एमएस धोनी : द अनटोल्ड स्टोरी, छिछोरेमा उनले अभिनय गरेका फिल्म हुन् ।



प्रतिक्रिया दिनुहोस !