१९ मंसिर २०८२, शुक्रबार

दाङमा आन्दोलन हिंसात्मक बनेपछि प्रमुख जिल्ला अधिकारीद्वारा कर्फ्यू आदेश जारी

प्रकाशित मिति :  9 September, 2025 3:10 pm


काठमाडौँ । दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जिल्लाभर विरोध प्रदर्शन तीव्र बन्दै गएपछि कर्फ्यू आदेश जारी गरेका छन् ।

काठमाडौँसहितका जिल्लामा भइरहेको आन्दोलनका क्रममा जनधनको क्षति भएको र दाङमै पनि विरोध प्रदर्शन र जुलुस हिंसात्मक बन्दै गएपछि सुरक्षालाई मध्यनजर गर्दै यस्तो आदेश जारी गरिएको हो ।

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा भदौ २४ गते साँझ ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम लागू गरिएको कर्फ्यूले सर्वसाधारणलाई तोकिएका क्षेत्रमा आवतजावत, सभा, जुलुस, भेला, प्रदर्शन, घेराउ वा अन्य कुनै गतिविधि गर्न पूर्णतः निषेध गरेको छ ।

यस आदेशले राप्ती गाउँपालिकास्थित प्रदेश सभा तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वरपरको क्षेत्र, भालुवाङ बजार, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका भित्रका तोकिएका क्षेत्रलाई समेटेको छ । तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा क्षति हुन नदिन भन्दै प्रमुख जिल्ला अधिकारीले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न आग्रह गरेका छन्



प्रतिक्रिया दिनुहोस !