१९ मंसिर २०८२, शुक्रबार

लद्दाखमा आन्दोलन हिंसात्मक : ४ को मृत्यु, ५० भन्दा बढी घाइते

प्रकाशित मिति :  26 September, 2025 6:32 am


काठमाडौँ । भारतको लद्दाखमा राज्यको मागसहित भइरहेको आन्दोलन बुधबार हिंसात्मक बन्दा कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

हिन्दूस्तान टाइम्सका अनुसार प्रदर्शनकारीहरूले प्रहरीको गाडीमा ढुंगामुढा र आगजनी गरेपछि स्थिति नियन्त्रण बाहिर गएको हो । सुरक्षाकर्मीहरूले अवस्थालाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार र लाठीचार्ज गरेका थिए ।

हिंसा चर्किएपछि प्रशासनले लेह क्षेत्रमा कर्फ्यू जारी गरेको छ । हालसम्मको अवस्था तनावग्रस्त नै रहेकाले स्थानीय प्रशासनले सर्वसाधारणलाई शान्ति कायम राख्न आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !