१९ मंसिर २०८२, शुक्रबार

इजिप्टका राष्ट्रपति सिसीद्वारा ट्रम्पलाई गाजा युद्धविराम सम्झौता हस्ताक्षरमा उपस्थित हुन निम्तो

प्रकाशित मिति :  10 October, 2025 11:13 am


काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले बिहीवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इजिप्टमा गाजा युद्धविराम सम्झौतामा हस्ताक्षरमा उपस्थित हुन निम्तो दिएका छन् । सम्झौतालाई ढिलाइ नगरी कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

अमेरिकाले समर्थित २०–बुँदे शान्ति योजना अन्तर्गत इजरायल र हमास बीच युद्धविराममा मध्यस्थकर्ताको रूपमा सहयोग गर्ने अमेरिकी मध्यपूर्व राजदूत स्टीव विटकफ र ट्रम्पका सल्लाहकार र ज्वाइँ जेरेड कुशनरसँग कायरोमा वार्ताको क्रममा सिसीले निमन्त्रणा दिए ।

ह्वाइट हाउसमा ट्रम्पले इजिप्टमा हुने समारोहमा उपस्थित हुने आशा व्यक्त गरे । इजरायलको संसद, नेसेटलाई सम्बोधन गर्न इच्छुक रहेको बताए । अमेरिकाद्वारा समर्थित शान्ति योजनामा युद्धविराम, गाजाबाट चरणबद्ध इजरायली फिर्ता र प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली वन्धकहरूको रिहाइको आह्वान गरिएको छ ।

बिहीवार घोषणा गरिएको सम्झौताको पहिलो चरणलाई संयुक्त राष्ट्र संघ, अरब लिग र अन्य अन्तर्राष्ट्रिय निकायहरूको समर्थन प्राप्त भएको थियो । गाजा स्वास्थ्य अधिकारीहरूकाअनुसार विगत दुई वर्षमा गाजामा इजरायलको सैन्य अभियानले ६७ हजार भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ । अन्य १ लाख ७० हजार घाइते भएका छन् । न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !