१९ मंसिर २०८२, शुक्रबार

सुनको भाउ २ हजार ९ सयले बढ्याे : एक तोलाकाे मूल्य २ लाख ४४ हजार ६ पुग्याे

प्रकाशित मिति :  23 November, 2025 1:06 pm


काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य एकैदिन २ हजार ९ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार १ हजार ३ सय रुपैयाँले घटेको सुन यसैदिन २९ सयले पुनः उक्लिनु मूल्य अस्थिरताको संकेतका रूपमा हेरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख ४४ हजार ६ सय रुपैयाँ पुगेको छ। शुक्रबार सोही सुनको मूल्य २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि बढ्यो

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको महासंघले जनाएको छ । आज प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँ पुगेको चाँदी शुक्रबार ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

बजारमा निरन्तर उतारचढाव

पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभाव, भू–राजनीतिक तनाव, तथा लगानीकर्ताको मागअनुसार सुनको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। नेपाली बजारमा यसको प्रत्यक्ष असर परेको र मूल्य स्थिर नहुनु सामान्य बनेको व्यवसायीहरूको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !