१९ मंसिर २०८२, शुक्रबार

नेपाल राष्ट्र बैंकले आज ५० अर्ब निक्षेप खिच्दै : अधिक तरलता व्यवस्थापनमा सक्रियता

प्रकाशित मिति :  23 November, 2025 1:09 pm


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबार ८४ दिन अवधिका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप खिच्ने घोषणा गरेको छ । वित्तीय प्रणालीमा लगातार बढ्दो तरलता दवाव कायमै रहेपछि केन्द्रीय बैंकले फेरि ‘निक्षेप संकलन उपकरण’ मार्फत रकम तान्ने तयारी गरेको हो ।

हाल देशभरका बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ। यही अवस्थाले बजार ब्याजदरमा अस्थिरता सिर्जना गर्ने देखिएपछि राष्ट्र बैंक तरलता व्यवस्थापनतर्फ अझै सक्रिय बनेको हो।

‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक मात्रै सहभागी

आज हुने बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। बोलकबोल पूर्ण रूपमा अनलाइन प्रणाली मार्फत हुनेछ।

निक्षेप वितरण गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। काउण्टर पार्टीहरूले प्रस्ताव गरेको दर अनुसार ५० अर्बसम्म क्रमशः रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।

सावाँ तथा ब्याज फागुन ५ गते भुक्तानी

आज संकलन हुने निक्षेपको सावाँ तथा ब्याज २०८३ फागुन ५ गते भुक्तानी हुनेछ। बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तय गरिएको छ। त्यस्तै अधिकतम सीमा ५ करोडले भाग जाँदा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म निर्धारण हुनेछ।

दीर्घकालीन तरलता हटाउनने कदम

राष्ट्र बैंकका अनुसार वित्तीय बजारमा दीर्घकालीन तरलता बढेको ख्याल–ख्याल देखिँदा बजार ब्याजदर नियन्त्रणमै राख्न आवश्यक कदम चालिँदै आएको छ ।

खुला बजार कारोबारसम्बन्धी कार्यविधि अनुसार, ६ महिनासम्मका दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ ।

यही आधारमा केन्द्रीय बैंकले पछिल्लो महिनाहरूमा पटक–पटक यस्तो उपकरण प्रयोग गर्दै अधिक तरलता तान्ने रणनीति अपनाएको छ।

ब्याजदर निर्धारण आजै

आज हुने बोलकबोलबाट नै निक्षेप संकलन उपकरणको ब्याजदर निर्धारण हुनेछ । बढ्दो निक्षेप, स्थिर तर ऋण विस्तार सुस्त हुँदा तरलता थप चुलिँदै गएको र त्यसको व्यवस्थापनमा केन्द्रीय बैंक आक्रामक देखिएको विश्लेषकहरूको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !