१९ मंसिर २०८२, शुक्रबार

एकैदिन ५ हजार २ सयले सुनको मूल्यमा तीव्र वृद्धि

प्रकाशित मिति :  25 November, 2025 12:49 pm


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एकैदिन ५ हजार २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन सोमबार १ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलवार पुनः भारी वृद्धि हुँदै प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि आज उकालो लागेको छ । आज एक तोला चाँदी ३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको मूल्य ३ हजार १ सय ३५ रुपैयाँभन्दा ६५ रुपैयाँले बढी हो ।

पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ । व्यवसायीहरूका अनुसार मूल्य वृद्धि वा गिरावटमा आन्तरिक कारणभन्दा पनि अन्तर्राष्ट्रिय बजारको अवस्था निर्णायक हुने गरेको छ ।

विश्व बजारमा देखिएको अस्थिरता, जोखिम र अमेरिकी डलर–इन्डेक्सको प्रभावले नै नेपाली बजारमा पनि चर्को प्रभाव पार्ने गरेको बताइन्छ । सुनचाँदीमा आएको यस्तो तीव्र मूल्य परिवर्तनले आम उपभोक्ता, लगानीकर्ता र गहनाव्यवसायी सबै प्रभावित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !